काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा पौडी खेल्ने क्रममा एक किशोरको दुःखद निधन भएको छ।
नमोबुद्ध–६ स्थित चौकीडाँडानजिकको रोशीखोलामा साथीहरूसँग पौडी खेल्न गएका नमोबुद्ध–४ फुस्रेडाँडा टोलका १५ वर्षीय विजय श्रेष्ठ खोलामा डुबेका थिए। घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उनको खोजी गरिएको भए पनि उनलाई बचाउन सकिएन।
किशोरको डुबेर मृत्यु भएपछि परिवार तथा स्थानीय समुदाय शोकमा डुबेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गर्मी मौसमसँगै नदी तथा खोलामा पौडी खेल्ने क्रम बढ्दै गएकाले आवश्यक सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।