२०८३, आश्विन १ गते

Sep 17 2026

रास्वपा कोशी प्रदेश सभापतिमा चन्द्र राई विजयी

रास्वपा कोशी प्रदेश सभापतिमा चन्द्र राई विजयी

रोज नेपाल
बिहिवार, जेठ २८ २०८३
रोज नेपाल
बिहिवार, जेठ २८ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई विजयी भएका छन् ।  बुधबार राति सम्पन्न निर्वाचनको  मतगणना परिणाम अनुसार सभापतिका उम्मेदवार राईले २ सय ८० मत ल्याएर विजयी भएका हुन् ।  

    राईका प्रतिष्पर्धी वर्तमान कोशी प्रदेश सभापति  गोमा  तामाङ(सरिन)ले १ सय ४१ मत ल्याएका छन् । कोशी प्रदेश सभापतिका लागि चार जनाले उम्मेदवारी दिएका थिए ।  

    यस्तै प्रदेश सदस्य पदका लागि ७१ जनाको उम्मेदवारी परेको थियो  । रास्वपाको विधान अनुसार कोशी प्रदेश कार्यसमिति कुल ६१ सदस्यीय हुनेछ । मतदानबाट सभापति र सदस्यहरू चयन भएपछि निर्वाचित सदस्यहरूमध्येबाट उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ता चयन गरिने व्यवस्था छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij