२०८३, आश्विन १ गते

Sep 17 2026

बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी

बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी

रोज नेपाल
बिहिवार, जेठ २८ २०८३
रोज नेपाल
बिहिवार, जेठ २८ २०८३
  • काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले बालाजु नयाँ बसपार्कस्थित सुकुम्बासीहरू राखिएको दुईवटा होल्डिङ सेन्टरको आकस्मिक अवलोकन गर्नुभएको छ। अवलोकनका क्रममा गृहमन्त्री गुरुङले त्यहाँ बसोबास गरिरहेका सुकुम्बासी परिवारसँग विगतमा भएका कमजोरीप्रति माफी समेत माग्नुभएको छ।

    आफू मन्त्रालयको कार्यभारमा नरहेका बेला सुकुम्बासी बस्ती हटाइएको भए तापनि सरकार उनीहरूको उचित व्यवस्थापनप्रति गम्भीर रहेको उहाँले स्पष्ट पार्नुभयो। व्यवस्थापनका क्रममा कुनै कमीकमजोरी भएको भए क्षमा गरिदिन आग्रह गर्दै गृहमन्त्री गुरुङले भन्नुभयो, "सरकारले कुनै पनि हालतमा तपाईंहरूको उचित व्यवस्थापन गर्नेछ, अहिले पनि हाम्रो ध्यान यसैमा केन्द्रित छ।"

    सो क्रममा सुकुम्बासी परिवारले गृहमन्त्री समक्ष आफ्ना पीडा र गुनासाहरू राखेका थिए। हाल बस्न र खान सहज भए तापनि बालबच्चाको शिक्षादीक्षामा असहजता रहेको र उपचारका लागि डाक्टरहरू समेत नआएको उनीहरूले गुनासो गरे।

    पीडितहरूको गुनासो सुनेलगत्तै गृहमन्त्री गुरुङले उक्त क्षेत्रमा प्रहरी टोली खटाउन निर्देशन दिनुभएको छ। होल्डिङ सेन्टरको निरन्तर अपडेट राख्न र कुनै पनि स्वास्थ्य समस्या या आकस्मिक अवस्था आउनासाथ प्रहरीले तुरुन्तै उद्धार (रेस्क्यु) गरी अस्पताल पुर्‍याउने व्यवस्था मिलाउन उहाँले कडा निर्देशन दिनुभयो।

    गृहमन्त्री आफैं भेट्न आएपछि पीडित सुकुम्बासी परिवारमा नयाँ आशा जागेको छ। अब गृहमन्त्री गुरुङले आफ्नो जग्गा र स्थायी बसोबासको व्यवस्थापन गरिदिनेमा उनीहरू निकै आशावादी देखिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij