२०८३, आश्विन १ गते

Sep 17 2026

विदेश पठाउने आस्वासन देखाई ४० लाख ५० हजार ठगी गर्ने २ जना नियन्त्रणमा

विदेश पठाउने आस्वासन देखाई ४० लाख ५० हजार ठगी गर्ने २ जना नियन्त्रणमा

रोज नेपाल
शुक्रवार, जेठ २९ २०८३
रोज नेपाल
शुक्रवार, जेठ २९ २०८३
  • काठमाडौं । अमेरिका र क्रोएसिया पठाउने भन्दै ४० लाख ५० हजार रुपैयाँ ठगी गर्ने दुई जनालाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका–२ की ४५ वर्षीया रुकुकुमारी श्रेष्ठ र मोरङ उर्लाबारी नगरपालिका–६ का ३५ वर्षीय शैलेन्द्र शाक्यलाई पक्राउ गरेको  काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताउनु भयो।

     

    रुकुकुमारी श्रेष्ठले अमेरिका पठाउने भन्दै ३५ लाख रुपैयाँ तथा शैलेन्द्र शाक्यले क्रोएसिया पठाउने भन्दै तीन लाख ५० हजार रुपैयाँ लिई विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो” शरतकुमार थापा क्षेत्रीले बताउनु भयो।

    उनीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंमा पठाइएको प्रहरी उपरीक्षक थापा क्षेत्रीले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij