२०८३, आश्विन १ गते

Sep 17 2026

बुच्चाकोट दुर्घटनाका घाइते बालकको परिवार खोजिँदै, बाबुको नाम ‘सुशील’ र आमाको नाम ‘बिविमाया’ बताए

बुच्चाकोट दुर्घटनाका घाइते बालकको परिवार खोजिँदै, बाबुको नाम ‘सुशील’ र आमाको नाम ‘बिविमाया’ बताए

शुक्रवार, जेठ २९ २०८३
शुक्रवार, जेठ २९ २०८३
  • काभ्रे । नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा भएको बस दुर्घटनामा घाइते भएका एक बालकले आफ्नो बाबुको नाम सुशील र आमाको नाम बिविमाया रहेको बताएका छन्।

    हाल ती बालकको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि उद्धार गरिएका बालकले आफ्नो नाम र ठेगाना स्पष्ट रूपमा बताउन नसके पनि अभिभावकको नाम भने सुशील र बिविमाया रहेको जानकारी दिएका छन्।

    अस्पताल तथा उद्धारमा संलग्न स्रोतहरूले बालकका आफन्त, परिवारजन वा चिनजानका व्यक्तिलाई तत्काल धुलिखेल अस्पतालमा सम्पर्क गर्न आग्रह गरेका छन्। बालकका परिवारसँग सम्पर्क हुन नसकेको अवस्थामा उनको पहिचान खुलाउने प्रयास जारी रहेको जनाइएको छ।

    विपी राजमार्ग क्षेत्रमा भएको उक्त बस दुर्घटनामा सात जनाको मृत्यु भएको प्रारम्भिक जानकारी सार्वजनिक भइसकेको छ भने अन्य घाइतेहरूको पनि विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

    बालकलाई चिन्नुहुने वा उनका परिवारबारे जानकारी हुने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा धुलिखेल अस्पतालमा सम्पर्क गरी सहयोग गरिदिन अनुरोध गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij