२०८३, आश्विन २ गते

Sep 18 2026

अर्थमन्त्री वाग्ले भारतमा, आज भारतीय समकक्षी सीतारमणसँग भेटवार्ता

अर्थमन्त्री वाग्ले भारतमा, आज भारतीय समकक्षी सीतारमणसँग भेटवार्ता

रोज नेपाल
बिहिवार, आश्विन १ २०८३
रोज नेपाल
बिहिवार, आश्विन १ २०८३
  • काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन्। भारत सरकारको औपचारिक निमन्त्रणामा उनी भारत गएका हुन्।

    नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका अर्थमन्त्री वाग्लेलाई भारतका लागि नेपाली कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेका थिए।

    भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले आज साँझ भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गर्ने कार्यक्रम तय भएको छ। भेटवार्तामा दुई देशबीचको आर्थिक सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

    वाग्लेको भारत भ्रमणलाई नेपाल–भारतबीच आर्थिक सहकार्य र द्विपक्षीय सम्बन्धका विषयमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij