२०८३, आश्विन १ गते

Sep 17 2026

नमोबुद्ध अवलोकनमार्फत विद्यार्थीमा नैतिक चेतना जगाउँदै आजाद मावि, पाँचखाल

नमोबुद्ध अवलोकनमार्फत विद्यार्थीमा नैतिक चेतना जगाउँदै आजाद मावि, पाँचखाल

रोज नेपाल
शनिवार, जेठ ३० २०८३
रोज नेपाल
शनिवार, जेठ ३० २०८३
  • लेखक: विवेक दाहाल (शिक्षक) ,आजाद मावि

    पाँचखाल, काभ्रेपलाञ्चोक । विद्यार्थीहरूमा नैतिक मूल्य, अनुशासन, सामाजिक उत्तरदायित्व तथा व्यवहारिक ज्ञानको विकास गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकको आजाद माध्यमिक विद्यालय, पाँचखालले सञ्चालन गरिरहेको “नैतिक शिक्षा प्रवर्द्धन कार्यक्रम” प्रभावकारी बन्दै गएको छ।

    शिक्षा विकास निर्देशनालय, हेटौँडाको आर्थिक सहयोगमा जिल्लामै पहिलो पटक सञ्चालन गरिएको उक्त कार्यक्रमअन्तर्गत विद्यालयले विभिन्न कक्षाका विद्यार्थीलाई नैतिक शिक्षा, सांस्कृतिक सम्पदा तथा आध्यात्मिक महत्वका विषयमा प्रत्यक्ष अनुभव दिलाउने गतिविधि अघि बढाएको हो।

    कार्यक्रमको संयोजन विद्यालयका इथिक्स फोकल शिक्षक विवेक दाहाल ले गरिरहेका छन्। सोही कार्यक्रमअन्तर्गत कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरूलाई शुक्रबार नमोबुद्ध क्षेत्रको अवलोकन भ्रमण गराइएको छ। भ्रमणमा सहभागी विद्यार्थीहरूले बौद्ध दर्शन, शान्ति, करुणा र मानव मूल्यसँग सम्बन्धित विषयहरूबारे जानकारी प्राप्त गरेका थिए।

    IMG-20260613-WA0001.jpg

    विद्यालयका अनुसार भ्रमणका क्रममा विद्यार्थीहरूले नमोबुद्धको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वबारे प्रत्यक्ष जानकारी लिनुका साथै अनुशासन, सहकार्य र सामाजिक व्यवहारसम्बन्धी अभ्याससमेत गरेका छन्। विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कार्यक्रमप्रति उनीहरूको रुचि र सिकाइप्रतिको लगाव झल्किएको विद्यालय प्रशासनले जनाएको छ।

    विद्यालयले नैतिक शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारमा उतार्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ। प्रत्यक्ष अवलोकन, अन्तरक्रिया र अनुभवमा आधारित सिकाइले विद्यार्थीहरूमा सकारात्मक सोच, सहिष्णुता, नेतृत्व क्षमता र जिम्मेवारीबोधको विकास हुने विश्वास लिइएको छ।

    IMG-20260613-WA0002.jpg

    कार्यक्रमअन्तर्गत कक्षा ७ का विद्यार्थीहरूका लागि जेठ ३१ गते तथा कक्षा ८ का विद्यार्थीहरूका लागि असार ७ गते नमोबुद्ध अवलोकन तथा नैतिक शिक्षा सम्बन्धी गतिविधि सञ्चालन गरिने विद्यालयले जनाएको छ।

    विद्यालय परिवारका अनुसार आधुनिक शिक्षासँगै नैतिकता, संस्कार र मानवीय मूल्यको विकास आजको आवश्यकता भएकाले यस्ता कार्यक्रमले विद्यार्थीलाई असल नागरिकका रूपमा तयार पार्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। शिक्षक, अभिभावक तथा विद्यार्थीबाट समेत कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भएको जनाइएको छ।

    नैतिक शिक्षा प्रवर्द्धन कार्यक्रमले विद्यार्थीहरूलाई केवल शैक्षिक रूपमा सक्षम बनाउने मात्र नभई जीवन उपयोगी सीप, मानवीय संवेदना र समाजप्रतिको उत्तरदायित्वबोध विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। जिल्लामै नमुना अभ्यासका रूपमा हेरिएको यस कार्यक्रमले अन्य विद्यालयलाई समेत यस्ता सिर्जनात्मक तथा मूल्यमा आधारित शैक्षिक गतिविधि सञ्चालन गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij