२०८३, आश्विन १ गते

Sep 17 2026

मेचीनगरमा जङ्गली हात्तीको आतंक : घरबाहिर निस्किएकी महिलाको ज्यान गयो

मेचीनगरमा जङ्गली हात्तीको आतंक : घरबाहिर निस्किएकी महिलाको ज्यान गयो

आइतवार, जेठ ३१ २०८३
आइतवार, जेठ ३१ २०८३
  • झापा । झापाको मेचीनगरमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको दुःखद मृत्यु भएको छ। आइतबार बिहान मेचीनगर नगरपालिका–४ क्षेत्रमा भएको घटनामा स्थानीय ६२ वर्षीया पद्मा पौडेलले ज्यान गुमाएकी हुन्।

    प्राप्त जानकारीअनुसार पौडेल घरबाट बाहिर निस्कने क्रममा नजिकैको जङ्गल क्षेत्रबाट आएको जङ्गली हात्तीको आक्रमणमा परेकी थिइन्। हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

    घटना वडा कार्यालय नजिकैको क्षेत्रमा भएको हो। स्थानीयवासीका अनुसार पछिल्लो समय बस्ती आसपास जङ्गली हात्तीको आवतजावत बढ्दै गएको छ, जसले सर्वसाधारणमा त्रास फैलाएको छ।

    घटनापछि सुरक्षाकर्मी तथा सम्बन्धित निकायले आवश्यक अनुसन्धान अघि बढाएका छन्। साथै, स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

    जङ्गली जनावर र मानवबीचको द्वन्द्व बढ्दै जाँदा झापालगायत पूर्वी तराईका विभिन्न क्षेत्रमा जनधनको क्षति हुने घटनाहरू दोहोरिन थालेका छन्। सम्बन्धित निकायले दीर्घकालीन समाधानका लागि प्रभावकारी कदम चाल्नुपर्ने स्थानीयको माग छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij