२०८३, आश्विन १ गते

Sep 17 2026

घर निर्माणको काममै दुर्घटना : ड्रिल चलाउँदा करेन्ट लागेर श्रमिकको ज्यान गयो

घर निर्माणको काममै दुर्घटना : ड्रिल चलाउँदा करेन्ट लागेर श्रमिकको ज्यान गयो

आइतवार, जेठ ३१ २०८३
आइतवार, जेठ ३१ २०८३
  • मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा निर्माणाधीन घरमा काम गरिरहेका एक श्रमिकको करेन्ट लागेर मृत्यु भएको छ।

    प्रहरीका अनुसार शनिबार साँझ मनहरी गाउँपालिका–६ प्रतापपुरस्थित एक नयाँ घरमा ढोका जडान गर्ने क्रममा विद्युत् प्रवाह हुँदा ३९ वर्षीय मङ्गलबहादुर प्रजा गम्भीर घाइते भएका थिए। उनी सोही वडाको कोलाघारी निवासी हुन्।

    निर्माणाधीन घरमा ढोकाको फिटिङ गर्ने क्रममा ड्रिल मेसिन प्रयोग गरिरहेका बेला अचानक करेन्ट लागेको बताइएको छ। दुर्घटनापछि तत्काल उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले उनलाई बचाउन सकेनन्।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उपचारकै क्रममा शनिबार राति प्रजाको मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    निर्माण तथा मर्मतसम्बन्धी काममा विद्युत् उपकरण प्रयोग गर्दा आवश्यक सुरक्षा सावधानी अपनाउनुपर्ने विषयलाई यस घटनाले पुनः स्मरण गराएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij