काठमाडौं । राहदानी छपाई अनियमिततासम्बन्धी अनुसन्धानका निम्ति राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्याललाई पक्राउ गरेको हो ।
अर्यालका साथै व्यवसायी सिद्धार्थ थापालाई प्रहरी पनि प्रहरीले नियन्त्रणमा लिएको हो । थापा राष्ट्रिय सभाका सदस्य सुनिल थापाका छोरा हुन् ।
पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।