२०८३, आश्विन १ गते

Sep 17 2026

नेपाल दलित मुक्ति मोर्चा सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिको प्रथम भेला सम्पन्न

नेपाल दलित मुक्ति मोर्चा सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिको प्रथम भेला सम्पन्न

शनिवार, भाद्र २१ २०८२
शनिवार, भाद्र २१ २०८२

  • काठमाडौं । नेकपा(माओवादी केन्द्र) नेपाल दलित मुक्ति मोर्चा सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिको प्रथम भेला माओवादी पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा भव्यताको साथ सम्पन्न भएको छ । 
    नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य एवं बागमती प्रदेशसभा सदस्य युवराज दुलाल(शरद)को प्रमुख आतिथ्यताका सम्पन्न कार्यक्रममा सम्पर्क समन्वय प्रदेश समितिका कोषध्यक्ष ठुलोबाबु श्रेष्ठ बिशेष अतिथिको रुपमा रहनु भएको थियो । 
    भेला आयोजक समितिको संयोजक कुमार सुनारको अध्यक्षतामा सम्पन्न भेलामा दलित मुक्ति आन्दोलनमा लामो समय संघर्ष गरेका दलित अगुवा तथा नेताहरुको आतिथ्यता रहेको थियो । 
    कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सल्लाहाकार तथा दलित मुक्ति आन्दोलनका अगुवा बलराम बि.क.,नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्ष तथा बागमती प्रदेश ईन्चार्ज अमर बि.क.,दलित आन्दोलनका नेताहरु फत्तेमान परियारmचन्द्र बहादुर परियार धिमालकोटी,विनोद तिरुवा,सुब्बा सुनार,रामशरण बि.क.,राजकुमार बि.क.,रबिन्द्र खाती,दिपक परियार,सोम सुनार, रमेश श्रीपाली ,शहिद परिवारका श्याम बि.क.,राम बाबु बि.क.तथा विद्यार्थी नेता आत्मराम पहरी लगायतलाई आतिथ्यता ग्रहण गराईएको थियो । 
    कार्यक्रममा सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका ईन्चार्ज महेन्द्र घारासैनी,अध्यक्ष तोक बहादुर गधराज ,निवर्तमान अध्यक्ष जयराम आचार्य उपाध्यक्ष रेशम पाख्रीन,रेशम श्रेष्ठ ,सचिव सि.पि नेपाल,राजन भुजेल,राजेश तामाङ ,सम्पर्क समन्वय बागमती प्रदेश अध्यक्ष बिजय मोक्तान, प्रदेश सदस्य बयान बहादुर कार्की, कमला बि.क.रोहिणी बि.क.लगायतको आतिथ्यता रहेको थियो । 
    कार्यक्रमममा बोल्ने अधिकाशं वक्ताहरुले देशभर रहेका करिब ६५ लाख दलित समुदाय माथिको बिभेद बिरुद्धको संघर्षको नेतृत्व हिजो पनि आज पनि र भोलि पनि माओवादीलेनै गर्नु पर्ने आवश्यकता औल्याउनु भएको थियो । 
    प्रमुख अतिथि नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य एवं बागमती प्रदेशसभा सदस्य युवराज दुलाल(शरद)ले सैदान्तिक र व्यबहारिक दुवैलाई एक साथ लैजान नसके फोस्रो भाषणले मात्र केहि परिवर्तन नहुने बताउनु भयो । 
    त्यस्तै बिशेष अतिथि सम्पर्क समन्वय प्रदेश समितिका कोषध्यक्ष ठुलोबाबु श्रेष्ठले दलित समुदायको उत्थानको निम्ति हर समय आफ साथदिन तयार रहेको बताउनु भयो । 
    भेलाले निम्नानुसारको कार्यसमित चयन गरि नेपाल दलित मुक्ति मोर्चा सिन्धुपाल्चोक  जिल्ला संयोजक रबिन्द्र खाती बाट सपथ ग्रहण समेत सम्पन्न गरेको छ ।
    जसमा  
    अध्यक्ष ः  कुमार सुनार 
    उपाध्यक्ष ः  श्याम बि.क.
    उपाध्यक्ष ः चमेली बोगटी 
    उपाध्यक्ष ः सुदिप रिजाल
    सचिव ः किशोर बि.क.
    सहसचिव ः लालकाजि गहतराज 
    कोषाध्यक्ष ः अमृत नेपाली 
    सदस्य हरु 
    शम्भु बि.क.
    अर्जुन नेपाली 
    अर्जुन गहतराज
    समिर रसाईली 
    मनमाया नेपाली 
    राज कुमार परियार 
    अर्जुन सुनार 
    कमल बहादुर गहतराज
    बिकास रोका 
    हेमलाल सुनार
    अर्जुन दर्नाल 
    राजकुमार सुनार
    रामचन्द्र बि.क. 
    रोशन दियाली 
    राजेन्द्र खाती 
    बिर बहादुर घतानी 
    रेशम बि.क.
    राम बहादुर सुनार 
    सन्जिव बि.क. 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij