२०८३, आश्विन १ गते

Sep 17 2026

ह्यारी केन चम्किँदा क्रोएसियामाथि इंग्ल्यान्डको शानदार जित

ह्यारी केन चम्किँदा क्रोएसियामाथि इंग्ल्यान्डको शानदार जित

बिहिवार, आषाढ ४ २०८३
बिहिवार, आषाढ ४ २०८३
  • काठमाडौँ । फिफा विश्वकप फुटबलअन्तर्गत सम्पन्न खेलमा इंग्ल्यान्डले क्रोएसियालाई ४–२ गोल अन्तरले हराउँदै प्रभावशाली प्रदर्शन गरेको छ।

    अमेरिकाको डालासस्थित रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा इंग्ल्यान्डका कप्तान ह्यारी केन नायक बने। उनले खेलको १२औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।

    क्रोएसियाले ३६औँ मिनेटमा मार्टिन बुटुरिनाको गोलबाट खेल १–१ को बराबरीमा ल्यायो। तर पहिलो हाफ सकिनुअघि ४२औँ मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई पुनः अघि बढाए।

    पहिलो हाफको अतिरिक्त समयमा पिटर मुसाले गोल गरेपछि क्रोएसियाले फेरि खेल बराबरी बनाएको थियो। तर दोस्रो हाफ सुरु भएको केही समयमै जुड बेलिङ्हमले गोल गर्दै इंग्ल्यान्डलाई ३–२ को अग्रता दिलाए।

    खेलको अन्त्यतिर ८५औँ मिनेटमा मार्कस र्यासफोर्डले अर्को गोल थपेपछि इंग्ल्यान्डको जित सुनिश्चित भयो। बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल ४–२ को नतिजासहित समाप्त भयो।

    यस जितसँगै इंग्ल्यान्डले प्रतियोगितामा महत्वपूर्ण तीन अंक जोडेको छ। उता, आज बिहान ७:४५ बजे उज्बेकिस्तान र कोलम्बियाबीच अर्को रोमाञ्चक प्रतिस्पर्धा हुने तालिका छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij