२०८३, आश्विन १ गते

Sep 17 2026

रतनखोलामा बेलिब्रिज उद्घाटन, वर्षायाममा आवतजावत सहज हुने

रतनखोलामा बेलिब्रिज उद्घाटन, वर्षायाममा आवतजावत सहज हुने

शनिवार, आषाढ ६ २०८३
शनिवार, आषाढ ६ २०८३
  • काभ्रे। काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ स्थित रतनखोलामा निर्माण गरिएको बेलिब्रिजको आज गाउँपालिका अध्यक्ष भगवान अधिकारीले औपचारिक उद्घाटन गरेका छन्।

    करिब १ करोड ७० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त बेलिब्रिज बेथानचोक गाउँपालिकामै पहिलो पटक निर्माण गरिएको संरचना भएको बताइएको छ। पुल सञ्चालनमा आएसँगै विशेषगरी वर्षायाममा खोलाका कारण प्रभावित हुने स्थानीय बासिन्दाले सहज रूपमा आवतजावत गर्न सक्ने भएका छन्।

    यसअघि वर्षा बढेसँगै रतनखोलामा पानीको बहाव बढ्दा स्थानीयलाई आवतजावतमा कठिनाइ हुने गरेको थियो। पुल निर्माणपछि विद्यार्थी, किसान, व्यवसायी तथा सर्वसाधारणलाई दैनिक आवागमनमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

    उद्घाटन कार्यक्रममा अध्यक्ष अधिकारीले ग्रामीण क्षेत्रको विकास र नागरिकको सहज जीवनयापनका लागि पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको बताए। उनले पुलले स्थानीय आर्थिक तथा सामाजिक गतिविधिलाई थप गति दिने विश्वास व्यक्त गरे।

    स्थानीयवासीले लामो समयदेखिको आवश्यकता पूरा भएको भन्दै पुल निर्माणप्रति खुसी व्यक्त गरेका छन्। उनीहरूका अनुसार बेलिब्रिज सञ्चालनमा आएपछि वर्षेनी भोग्नुपरेको यातायात समस्याको समाधान हुने भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij