काठमाडौं । देशभर मनसुनी प्रणाली आंशिक रूपमा सक्रिय रहँदा आज विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशमा मनसुनको प्रभाव अपेक्षाकृत बढी देखिएको छ भने अन्य क्षेत्रहरूमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम छ।
हाल देशका अधिकांश पहाडी र हिमाली भूभागमा बादल लागेको अवस्था छ। कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका केही पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। बागमती र गण्डकीका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। कोशी प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेश, बागमती र गण्डकीका तराईका सीमित स्थानमा समेत वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
विशेषगरी कोशी प्रदेशका पहाड र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। नदी, खोला तथा पहिरो जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको प्रभाव कायम रहने सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि अत्यधिक गर्मी महसुस हुन सक्ने अनुमान गरिएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल रहने र केही स्थानमा मेघगर्जनसहित वर्षा जारी रहने सम्भावना छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा समेत वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार कोशी प्रदेशमा भारी वर्षाको जोखिम अझै कायम रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ। देशभर मनसुनी प्रणाली आंशिक रूपमा सक्रिय रहँदा आज विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशमा मनसुनको प्रभाव अपेक्षाकृत बढी देखिएको छ भने अन्य क्षेत्रहरूमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम छ।
हाल देशका अधिकांश पहाडी र हिमाली भूभागमा बादल लागेको अवस्था छ। कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका केही पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। बागमती र गण्डकीका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। कोशी प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेश, बागमती र गण्डकीका तराईका सीमित स्थानमा समेत वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
विशेषगरी कोशी प्रदेशका पहाड र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। नदी, खोला तथा पहिरो जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको प्रभाव कायम रहने सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि अत्यधिक गर्मी महसुस हुन सक्ने अनुमान गरिएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल रहने र केही स्थानमा मेघगर्जनसहित वर्षा जारी रहने सम्भावना छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा समेत वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार कोशी प्रदेशमा भारी वर्षाको जोखिम अझै कायम रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।