२०८३, आश्विन १ गते

Sep 17 2026

रास्वपाको महाधिवेशनप्रति गगन थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत दिए शुभकामना ‘परिपक्व राजनीतिक यात्राको अवसर’

रास्वपाको महाधिवेशनप्रति गगन थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत दिए शुभकामना ‘परिपक्व राजनीतिक यात्राको अवसर’

आइतवार, आषाढ ७ २०८३
आइतवार, आषाढ ७ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेका छन्।

    सामाजिक सञ्जालमार्फत शुभेच्छा सन्देश जारी गर्दै थापाले छोटो समयमै रास्वपाले राष्ट्रिय राजनीतिमा प्रभावशाली उपस्थिति जनाउन सफल भएको उल्लेख गरेका छन्। उनले पार्टी निर्माणदेखि निर्वाचनसम्मको यात्रालाई सकारात्मक र उल्लेखनीय उपलब्धिका रूपमा व्याख्या गरेका छन्।

    थापाले महाधिवेशनलाई रास्वपाका लागि विचार, नीति र संगठनलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा चित्रित गरेका छन्। साथै, लोकतान्त्रिक मूल्य–मान्यता, संविधानले सुनिश्चित गरेका नागरिक अधिकारको संरक्षण तथा जवाफदेही राजनीतिक संस्कृतिलाई अझ मजबुत बनाउने दिशामा महाधिवेशनले नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

    उनका अनुसार, महाधिवेशनले पार्टीलाई वैचारिक स्पष्टता, जिम्मेवारीबोध र दीर्घकालीन राजनीतिक दृष्टिकोण विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    IMG_20260621_101718.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij