२०८३, आश्विन १ गते

Sep 17 2026

देश बदल्ने अभियानमा रास्वपा, पुराना दलसँग मात्र प्रतिस्पर्धा होइन : स्वर्णिम

देश बदल्ने अभियानमा रास्वपा, पुराना दलसँग मात्र प्रतिस्पर्धा होइन : स्वर्णिम

आइतवार, आषाढ ७ २०८३
आइतवार, आषाढ ७ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले ले रास्वपाको लक्ष्य केवल पुराना राजनीतिक शक्तिलाई चुनौती दिनु नभई देशलाई सफलताको दिशामा अघि बढाउनु रहेको बताएका छन्।

    रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीले नागरिकलाई केन्द्रमा राखेर लोकतन्त्रलाई अझ प्रभावकारी र उत्तरदायी बनाउने लक्ष्य लिएको बताए। उनका अनुसार रास्वपा समतामूलक र अवसरमा आधारित समाज निर्माणको पक्षमा रहेको छ, जहाँ व्यक्तिको भविष्य उसको पारिवारिक पृष्ठभूमिले होइन, क्षमता र प्रतिभाले निर्धारण गर्नेछ।

    वाग्लेले इतिहासले प्रत्येक पुस्तालाई परिवर्तनको एउटा विशेष अवसर प्रदान गर्ने उल्लेख गर्दै वर्तमान पुस्ताले पनि त्यस्तै महत्वपूर्ण क्षण प्राप्त गरेको बताए। उनले जनतामा देखिएको असन्तुष्टि र परिवर्तनको चाहनालाई सकारात्मक रूपान्तरणमा बदल्नुपर्ने आवश्यकता औँल्याए।

    उनले देशको राजनीतिक, सामाजिक र आर्थिक रूपान्तरणका लागि नयाँ सोच, नयाँ कार्यशैली र परिणाममुखी नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गर्दै रास्वपा त्यसै दिशामा अघि बढिरहेको बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij