काठमाडौं । आज सोमबार सुन र चाँदी दुबैको भाउ बढेको छ।
आज सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा कायम भएको छ।
त्यसैगरी आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेको हो । सोमबार चाँदी प्रतितोला ४ हजार ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।