२०८३, आश्विन १ गते

Sep 17 2026

रास्वपाको बन्दसत्र नेतृत्व छलफलमा रवि र बालेन

रास्वपाको बन्दसत्र नेतृत्व छलफलमा रवि र बालेन

रोज नेपाल
सोमवार, आषाढ ८ २०८३
रोज नेपाल
सोमवार, आषाढ ८ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्दसत्र सुरु हुनुअघि शीर्ष नेतृत्वबीचको छलफलका कारण कार्यक्रम निर्धारित समयमा अघि बढ्न सकेको छैन।

    पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह बीच सोमबार बिहानदेखि महत्वपूर्ण विषयमा छलफल भइरहेको बताइएको छ। छलफल प्रधानमन्त्री शाह बसेको भनिएको लटौली स्याङ्चुरी रिसोर्ट मा जारी रहेको स्रोतहरूले जनाएका छन्।

    बन्दसत्र बिहान ८:३० बजे सुरु हुने तालिका भए पनि नेतृत्व तहको छलफल लम्बिँदा कार्यक्रम ढिलाइ भएको हो। यसले गर्दा सहभागी प्रतिनिधिहरू प्रतीक्षामा बसेका छन्।

    पार्टीको नेतृत्व चयन, संगठनात्मक संरचना र आगामी राजनीतिक रणनीति जस्ता विषयमा केन्द्रित भएर दुई नेताबीच छलफल भइरहेको बताइन्छ। समसामयिक राजनीतिक एजेन्डाबारे पनि विचार–विमर्श भइरहेको स्रोतको दाबी छ।

    यद्यपि, छलफलका सबै विवरण औपचारिक रूपमा सार्वजनिक भइसकेका छैनन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij