२०८३, आश्विन १ गते

Sep 17 2026

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यका लागि राहुल केसीको उम्मेदवारी घोषणा

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यका लागि राहुल केसीको उम्मेदवारी घोषणा

रोज नेपाल
सोमवार, आषाढ ८ २०८३
रोज नेपाल
सोमवार, आषाढ ८ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि युवा तथा मानवअधिकार क्षेत्रमा सक्रिय राहुल केसीले उम्मेदवारी दिने भएका छन्।

    लुम्बिनी प्रदेशको भूगोलबाट केन्द्रीय नेतृत्वमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका केसीले आफू उम्मेदवारीका लागि तयार रहेको बताएका छन्। उनले युवा सशक्तीकरण, सामाजिक न्याय र नागरिक सहभागिताका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा काम गरेको अनुभव रहेको दाबी गरेका छन्।

    केसीले पार्टीलाई संस्थागत रूपमा मजबुत बनाउन र युवाको आवाजलाई नीति निर्माण तहसम्म पुर्‍याउन आफ्नो उम्मेदवारी महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।

    चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत बन्दसत्रका प्रतिवेदनहरू पारित भएपछि निर्वाचन प्रक्रिया अघि बढ्नेछ। त्यसपछि केन्द्रीय समिति चयनको प्रक्रिया औपचारिक रूपमा सुरु हुने बताइएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij