२०८३, आश्विन १ गते

Sep 17 2026

एसईई पुनर्योगको आठौँ चरणको नतिजा सार्वजनिक, ३० विद्यार्थीको नतिजामा सुधार

एसईई पुनर्योगको आठौँ चरणको नतिजा सार्वजनिक, ३० विद्यार्थीको नतिजामा सुधार

रोज नेपाल
मंगलवार, आषाढ ९ २०८३
रोज नेपाल
मंगलवार, आषाढ ९ २०८३
  • काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) पुनर्योगको आठौँ चरणको नतिजा सार्वजनिक गरेको छ।

    सोमबार सार्वजनिक गरिएको नतिजाअनुसार पुनर्योग प्रक्रियामा सहभागी भएका ४६८ जना परीक्षार्थीको नतिजा परीक्षण गरिएको थियो। जसमध्ये ३० जना विद्यार्थीको प्राप्ताङ्क तथा ग्रेडमा परिवर्तन भएको बोर्डले जनाएको छ।

    नतिजा संशोधन भएका विद्यार्थीलाई नयाँ ग्रेडसिट प्राप्त गर्न आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित कार्यालयमा सम्पर्क गर्न बोर्डले आग्रह गरेको छ।

    यसअघि बोर्डले गत वैशाख २५ गते एसईईको मूल नतिजा सार्वजनिक गरेको थियो। उक्त नतिजाअनुसार कुल परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

    परीक्षाफलप्रति चित्त नबुझेका विद्यार्थीले पुनर्योगका लागि निवेदन दिने व्यवस्था रहेकाले बोर्डले चरणबद्ध रूपमा पुनर्योगको नतिजा सार्वजनिक गर्दै आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij