२०८३, आश्विन १ गते

Sep 17 2026

ट्रोलियम आयात २ खर्ब ७३ अर्ब नाघ्यो, ग्यास आयातमा करिब ९ प्रतिशत कमी

ट्रोलियम आयात २ खर्ब ७३ अर्ब नाघ्यो, ग्यास आयातमा करिब ९ प्रतिशत कमी

रोज नेपाल
मंगलवार, आषाढ ९ २०८३
रोज नेपाल
मंगलवार, आषाढ ९ २०८३
  • काठमाडौं / नेपालले चालु आर्थिक वर्षको ११ महिनामा करिब २ खर्ब ७३ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ। भन्सार विभागका अनुसार साउनदेखि जेठसम्म डिजेल, पेट्रोल र एलपी ग्यास गरी कुल २ खर्ब ७३ अर्ब ७ करोड ५१ लाख रुपैयाँ बराबरको इन्धन भित्रिएको हो।

    अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढाव, युद्ध तथा डलरको मूल्य वृद्धि लगायतका कारण इन्धनको लागत बढ्दा आयात खर्चमा उल्लेख्य दबाब परेको देखिन्छ।

    सबैभन्दा बढी हिस्सा डिजेलको रहेको छ। समीक्षा अवधिमा १ खर्ब ५२ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ बराबरको १२ लाख ६४ हजार ८ सय ७८ किलोलिटर डिजेल आयात गरिएको छ। यद्यपि अघिल्लो वर्षको सोही अवधिको तुलनामा परिमाण केही घटे पनि खर्च भने बढेको तथ्यांकले देखाउँछ।

    त्यस्तै पेट्रोल आयाततर्फ पनि खर्च वृद्धि भएको छ। चालु आर्थिक वर्षको ११ महिनामा ६८ अर्ब १७ करोड ८७ लाख रुपैयाँ बराबरको ६ लाख ८५ हजार १ सय २७ किलोलिटर पेट्रोल भित्रिएको छ।

    खाना पकाउने एलपी ग्यासको आयात भने मूल्यका हिसाबले घटेको देखिएको छ। समीक्षा अवधिमा ५२ अर्ब २१ करोड ६६ लाख रुपैयाँ बराबरको ग्यास आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ८.९८ प्रतिशतले कम हो।

    गत आर्थिक वर्षको सोही अवधिमा ५७ अर्ब ३६ करोड ६६ लाख रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको थियो। परिमाण र मूल्यमा देखिएको यो घटबढले अन्तर्राष्ट्रिय बजारको अस्थिरता र मुद्रा विनिमय दरको प्रभाव नेपालको व्यापार सन्तुलनमा प्रत्यक्ष असर पारिरहेको देखिन्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij