२०८३, आश्विन १ गते

Sep 17 2026

चितवन महाधिवेशन छोडेर काठमाडौं फर्कियो बालेनसहितको टोली

चितवन महाधिवेशन छोडेर काठमाडौं फर्कियो बालेनसहितको टोली

रोज नेपाल
बुधवार, आषाढ १० २०८३
रोज नेपाल
बुधवार, आषाढ १० २०८३
  • चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चलिरहेको अवस्थामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आफ्नो टोलीसहित बुधबार बिहान काठमाडौं फर्किएका छन्।

    बुधबार बिहान करिब ११ बजेतिर बालेनको टोली बुद्ध एयरमार्फत चितवनबाट काठमाडौं प्रस्थान गरेको स्रोतले जनाएको छ। पार्टीको महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी भइरहेका बेला उनीहरू कार्यक्रम स्थल छाडेर फर्किएका हुन्।

    बालेनले महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गरेका थिए भने बन्दसत्रमा भने सहभागी भएका थिएनन्। पछि उनले पार्टी सभापति पदका लागि रवि लामिछानेलाई समर्थन गरेको जानकारी पनि सार्वजनिक भएको थियो।

    महाधिवेशनको महत्वपूर्ण चरण चलिरहेका बेला उनको टोलीले चितवन छाडेर काठमाडौं फर्किएपछि राजनीतिक वृत्तमा विभिन्न चर्चा सुरु भएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij