२०८३, आश्विन १ गते

Sep 17 2026

कालोसिसा राख्ने सवारीमाथि ट्राफिकको कडाइ, एकै दिन ५७ चालक कारबाहीमा

कालोसिसा राख्ने सवारीमाथि ट्राफिकको कडाइ, एकै दिन ५७ चालक कारबाहीमा

रोज नेपाल
सोमवार, आषाढ १५ २०८३
रोज नेपाल
सोमवार, आषाढ १५ २०८३
  • काठमाडौं । काठमाडौँ उपत्यकामा कालोसिसा प्रयोग गरी सवारी सञ्चालन गर्ने चालकविरुद्ध ट्राफिक प्रहरीले विशेष निगरानी अभियान सञ्चालन गरेको छ। अभियानअन्तर्गत एकै दिन ५७ वटा सवारीसाधनका चालकलाई कारबाही गर्दै जरिवाना गरिएको छ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार कानुनले सवारीसाधनमा कालोसिसा प्रयोग गर्न निषेध गरेकाले नियम उल्लङ्घन गर्ने सवारीमाथि निगरानी थप कडा बनाइएको हो।

    हालका दिनमा निजी तथा सार्वजनिक सवारी, विशेषगरी माइक्रोबस र ट्याक्सीमा कालोसिसाको प्रयोग बढ्दै गएको पाइएपछि विशेष जाँच अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार कालोसिसा प्रयोग गरिएका सवारीभित्रको गतिविधि बाहिरबाट सजिलै देख्न नसकिने भएकाले आपराधिक गतिविधि, लागुऔषध ओसारपसार, हतियार लुकाउने तथा फरार व्यक्तिलाई आवतजावत गराउन सक्ने जोखिम बढ्ने भएकाले यस्तो अभियानलाई निरन्तरता दिइनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij