२०८३, आश्विन १ गते

Sep 17 2026

एमाले कठिन मोडमा छ तर पराजित भएको छैन : ओली

एमाले कठिन मोडमा छ तर पराजित भएको छैन : ओली

रोज नेपाल
शनिवार, आषाढ २० २०८३
रोज नेपाल
शनिवार, आषाढ २० २०८३
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी अहिले चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको स्वीकार गर्दै त्यसलाई पार गर्दै अघि बढ्ने दृढता व्यक्त गरेका छन्।

    शनिबार पार्टीको ‘जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कठिनाइ जीवनको स्वाभाविक पाटो भएको उल्लेख गर्दै एमालेले भोगिरहेको अवस्था अस्थायी मात्र भएको बताए।

    उनले निर्जीव वस्तुले कहिल्यै चुनौती सामना नगर्ने उल्लेख गर्दै जीवित र सक्रिय संगठन भएकैले एमालेले कठिन परिस्थितिको सामना गर्नुपरेको टिप्पणी गरे। पार्टीले धक्का खाएको र केही समय कमजोर देखिए पनि पुनः उठेर आफ्नो पक्षमा संघर्ष गर्ने उनको भनाइ थियो।

    अध्यक्ष ओलीले एमालेविरुद्ध विगतमा पनि विभिन्न प्रयासहरू भएको स्मरण गराउँदै यसपटक भने सबैभन्दा ठूलो गठबन्धन बनाएर पार्टीलाई कमजोर पार्ने प्रयास गरिएको दाबी गरे।

    उनका अनुसार एमालेले देशको विकास र समृद्धिको दिशामा अघि बढ्न खोजेकै कारण विभिन्न शक्तिबाट निरन्तर आक्रमणको सामना गर्नुपरेको हो।

    पार्टीका नेता–कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै उनले संगठनलाई थप सुदृढ बनाउँदै जनतामाझ सक्रिय रूपमा पुग्नुपर्ने आवश्यकता औंल्याए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij