२०८३, आश्विन १ गते

Sep 17 2026

पोखरामा जेनजी प्रदर्शनमा होमिएका चार जना प्रदर्शनकारी घाइते, २९ जना पक्राउ

पोखरामा जेनजी प्रदर्शनमा होमिएका चार जना प्रदर्शनकारी घाइते, २९ जना पक्राउ

सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनमा चार जना प्रदर्शनकारी घाइते भएका छन्।

    प्रहरीसँगको मुठभेडमा उनीहरू घाइते भएका हुन्। घाइतेहरूलाई पोखराकै विभिन्न अस्पतालमा उपचार गर्न लगिएको छ। 

    कास्कीका सिडिओ रूद्रादेवी शर्माका अनुसार प्रदर्शनकारीको भिड अनियन्त्रित भएपछि अश्रुग्यास, पानीको फोहोर र रबरको गोली प्रहार भएको थियो।

    प्रदर्शनकारीले हानेको ढुंगा लागेर केही सुरक्षाकर्मी पनि घाइते भएका छन्।

    घाइते सुरक्षाकर्मीको यकिन विवरण आइनसकेको सिडिओ शर्माले बताइन्। 

    ‘उत्तेजित भीडलाई नियन्त्रणमा लिन हामीले एकदमै संयमता अपनाएका छौं,’ उनले भनिन्, ‘भीड नियन्त्रण गर्न केही रबरका गोली, अश्रुग्यास र पानीका फोहोर प्रयोग गर्नुपर्‍यो। अहिलेसम्म ४ जना प्रदर्शनकारी घाइते भएको विवरण आएको छ।’ 

    सिडिओ शर्माका अनुसार, प्रदर्शनकारीलाई उत्तेजित बनाएको आरोपमा पक्राउ पर्नेको संख्या २९ जना पुगेको छ।

    प्रदर्शनकारी अहिले तितरवितर भइरहेको र नाराबाजीका साथै प्रहरीले ढुंगा हान्न नछाडेको उनले बताइन्। 

    भ्रष्टाचार र सामाजिक संजाल बन्दका विरूद्ध जेनजी पुस्ताले पोखराको सभागृह चोकमा प्रदर्शन गर्न आइतबार सिडिओ कार्यालयबाट अनुमति लिएका थिए।

    उनीहरू सभागृह चोकबाट नाराबाजी गर्दै चिप्लेढुङ्गा मानव अधिकार चोक पुगेका थिए।

    प्रदर्शनको आह्वान गरेका जेनजी पुस्ताले मानवअधिकार चोकमै प्रदर्शन समाप्त भएको घोषणा गरे पनि उत्तेजित भीड मुख्यमन्त्री कार्यालय र सिडिओ कार्यालय पुगेर ढुङ्गामुढा गर्नुका साथै आगजनीको प्रयास गरेका थिए। त्यसपछि प्रहरीले रबरका गोली, अश्रुग्यास र पानीको फोहोर प्रयोग गरेर प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij