२०८३, आश्विन १ गते

Sep 17 2026

माध्यमिक शिक्षा १० कक्षाको एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

माध्यमिक शिक्षा १० कक्षाको एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

रोज नेपाल
मंगलवार, आषाढ २३ २०८३
रोज नेपाल
मंगलवार, आषाढ २३ २०८३
  • काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा १० कक्षाको एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।  

    राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयका सदस्य सचिव जङ्गबहादुर अर्यालले  नतिजा प्रकाशन गरेको जानकारी दिए । 

    पूरक परीक्षा असार  १ देखि ९ गते सम्म सञ्चालन भएको थियो ।राष्ट्रिय परीक्षा बोर्डका अनुसार एक लाख ४६ हजार ५०७ जना परीक्षार्थी  नन ग्रेडिङमा परेका थिए ।

    राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न, उत्तरपुस्तिका हेर्न र पुनः परीक्षणसमेत गराउन सक्ने व्यवस्था रहेको जनाएको छ ।

    पुनर्योगका लागि परीक्षार्थीलाई अनलाइनमार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको बोर्डको भनाइ छ । पुनर्योगका लागि असार २५ गतेदेखि ३१ गतेसम्मको समय निर्धारण गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij