२०८३, आश्विन १ गते

Sep 17 2026

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, सरकारले ३३ लाख रुपैयाँ उपलब्ध गरायो

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, सरकारले ३३ लाख रुपैयाँ उपलब्ध गरायो

रोज नेपाल
मंगलवार, आषाढ २३ २०८३
रोज नेपाल
मंगलवार, आषाढ २३ २०८३
  • काठमाडौं । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तयारीस्वरूप सरकारले ३३ लाख रुपैयाँ निकासा गरेको छ। उद्योग सञ्चालन प्रक्रिया अघि बढाउन आवश्यक रकम अर्थ मन्त्रालयबाट स्वीकृत भई उपलब्ध गराइएको हो।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग सञ्चालनका लागि आवश्यक बजेट निकासाको प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको थियो। उक्त प्रस्ताव स्वीकृत भएपछि ३३ लाख रुपैयाँ निकासा गरिएको मन्त्रालयले जनाएको छ।

    मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको योजना, कार्यविधि र सरकारको तयारीबारे चासो व्यक्त गरेका थिए।

    जवाफ दिने क्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी चौधरीले उद्योग सञ्चालनको प्रारम्भिक प्रक्रिया अघि बढिसकेको जानकारी दिइन्। उनले उद्योगका लागि माग गरिएको ३३ लाख रुपैयाँ अर्थ मन्त्रालयबाट निकासा भइसकेको बताउँदै अब उद्योग सञ्चालनको प्रक्रिया थप अगाडि बढाइने उल्लेख गरिन्।

    सरकारले स्वदेशी उद्योगको पुनर्जीवन, रोजगारी सिर्जना र घरेलु उत्पादन प्रवर्द्धन गर्ने लक्ष्यका साथ हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याउने तयारीलाई तीव्रता दिएको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij