२०८३, आश्विन १ गते

Sep 17 2026

आज योगिनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाइँदै

आज योगिनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाइँदै

रोज नेपाल
शुक्रवार, आषाढ २६ २०८३
रोज नेपाल
शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौं। आज असार कृष्ण पक्षको योगिनी एकादशी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। हिन्दू धर्मावलम्बीहरूले भगवान् विष्णुको पूजा-आराधना, व्रत तथा दान-पुण्य गरी यो पर्व मनाउने परम्परा रहेको छ।

    योगिनी एकादशी विशेषगरी स्मार्ट र वैष्णव परम्पराअनुसार मनाइन्छ। स्मार्ट परम्पराका अनुयायीहरूले एकादशी तिथिमा व्रत बसी भगवान् विष्णुको पूजा-आराधना गर्ने गर्छन् भने वैष्णव परम्परामा आफ्नै धार्मिक विधि र परम्पराअनुसार एकादशी व्रत पालन गरिन्छ।

    धार्मिक मान्यताअनुसार यस दिन बिहान स्नान गरी शुद्ध भई भगवान् विष्णुको पूजा, भजन-कीर्तन तथा व्रत बस्दा पुण्य प्राप्त हुने विश्वास छ। एकादशीको व्रतले पापबाट मुक्ति, मनोकामना पूरा हुने तथा आध्यात्मिक उन्नति हुने विश्वास गरिन्छ।

    योगिनी एकादशीसँग सम्बन्धित विभिन्न धार्मिक कथाहरु पुराणहरूमा उल्लेख छन्, जसलाई हिन्दू धर्मावलम्बीहरूले श्रद्धापूर्वक लिने गर्छन्।

    यस अवसरमा व्रतालुहरूले गहुँ, मकै वा चामलको पिठोबाट हलुवा तयार गरी भगवान् विष्णुलाई नैवेद्य अर्पण गर्ने र प्रसादका रूपमा ग्रहण गर्ने परम्परा पनि रहेको छ।

    एकादशीकाे दिन विष्णु मन्दिरहरूमा भक्तजनको भीड लाग्ने गरेको छ। घरघरमै भगवान् विष्णुको पूजा-आराधना गरी योगिनी एकादशी मनाइँदै छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij