जाजरकोट। जाजरकोट जिल्लाको भेरी नगरपालिका – २, राङ्सीमा लगातार परेको वर्षापछि आएको पहिरोले अस्थायी टहरा पुरिँदा सोहि नगरपालिका निवासी एक ६० वर्षीया जयशिला शाहको मृत्यु भएको हो।
गएराति परेको निरन्तर वर्षापछि आएको पहिरोले २०८० साल कार्तिक १७ गतेको भूकम्पपछि निर्माण गरिएको अस्थायी टहरा पुरेको थियो। टहराभित्र रहेकी शाहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरीले जनाएको छन्।
घटनामा परेकी शाहकी ४० वर्षीया छोरी मेनुका शाह थापा र सात वर्षीया नातिनी टिका थापालाई भने स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा सकुशल उद्धार गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।