२०८३, आश्विन १ गते

Sep 17 2026

वैदेशिक रोजगारीका पीडितका लागि अनलाइन उजुरी प्रणाली सुरु

वैदेशिक रोजगारीका पीडितका लागि अनलाइन उजुरी प्रणाली सुरु

रोज नेपाल
मंगलवार, श्रावण ५ २०८३
रोज नेपाल
मंगलवार, श्रावण ५ २०८३
  • काठमाडौँ । वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिएका श्रमिकहरूको समस्यालाई सहज रूपमा सम्बोधन गर्न सरकारले अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ। 

    युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले मंगलबार ताहाचलस्थित वैदेशिक रोजगार विभागमा आयोजित एक कार्यक्रममा ‘उजुरी डोफे गभर्मेण्ट नेपाल’ नामक पोर्टलको औपचारिक सुरुवात गरेका हुन्।


    यसअघि वैदेशिक रोजगारीका नाममा हुने ठगी, बढी रकम असुली र अनुमतिविना विदेश पठाउने जस्ता गतिविधिबाट पीडित भएका व्यक्तिहरू उजुरी दिनका लागि भौतिक रूपमै विभाग उपस्थित हुनुपर्ने बाध्यता थियो। विभागमा सीमित जनशक्ति र स्रोत-साधनका कारण उजुरी प्रक्रियामा ढिलाइ हुँदा पीडितहरूले काठमाडौँमा बस्न र खानका लागि थप खर्च व्यहोर्नुपर्ने अवस्था थियो। अनलाइन प्रणालीको सुरुवातसँगै अब पीडितहरूले काठमाडौँ धाउनुपर्ने र विभिन्न निकायमा भौँतारिनुपर्ने बाध्यताको अन्त्य भएको मन्त्री यादवले बताए।
    अब पीडितले आफ्नै मोबाइल वा कम्प्युटरबाट पोर्टलमा गई आवश्यक प्रमाणहरू सङ्कलन गरेर उजुरी पेस गर्न सक्नेछन्। पीडितले अनलाइनमार्फत उजुरी पेस गरेपछि विभागको टोलीले त्यसको अध्ययन गरी दर्ता प्रक्रिया अगाडि बढाउनेछ। उजुरी दर्ता हुनासाथ सम्बन्धित व्यक्तिको मोबाइलमा म्यासेज र इमेलमार्फत जानकारी जाने व्यवस्था मिलाइएको छ। उक्त सन्देशमा उपलब्ध गराइएको ट्र्याकिङ कोड प्रयोग गरी पीडितले जुनसुकै समयमा आफ्नो उजुरीको अवस्था र प्रगतिबारे जानकारी लिन सक्नेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij