२०८३, आश्विन १ गते

Sep 17 2026

मनसुन सक्रिय : आज पनि देशका धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानी पर्ने चेतावनी

मनसुन सक्रिय : आज पनि देशका धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानी पर्ने चेतावनी

रोज नेपाल
बुधवार, श्रावण ६ २०८३
रोज नेपाल
बुधवार, श्रावण ६ २०८३
  • काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा औसत अवस्थामै रहेकाले विभिन्न प्रदेशमा वर्षा भइरहेको छ।

    अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली छ। मधेस प्रदेश र कोशीका तराई क्षेत्रमा भने आंशिक बदली रहेको छ। बागमती र गण्डकीका केही स्थान तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी र हिमाली क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका केही क्षेत्रमा पनि वर्षा हुने अनुमान गरिएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा बागमती र गण्डकीका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

    रातिको समयमा पनि मौसममा खासै सुधार नआउने अनुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, मधेस प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही भागमा चट्याङसहित वर्षा जारी रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

    यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान हुन सक्ने स्थानमा आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij