२०८३, आश्विन १ गते

Sep 17 2026

बाढीको एक वर्षपछि पनि अन्धकारमा दक्षिण ललितपुर ठोस्नेखोला, १५ परिवार अझै विद्युत् सेवाबाट वञ्चित

बाढीको एक वर्षपछि पनि अन्धकारमा दक्षिण ललितपुर ठोस्नेखोला, १५ परिवार अझै विद्युत् सेवाबाट वञ्चित

रोज नेपाल
बिहिवार, श्रावण ७ २०८३
रोज नेपाल
बिहिवार, श्रावण ७ २०८३
  • ललितपुर । २०८१ सालको बाढीबाट प्रभावित दक्षिण ललितपुरको महाँकाल गाउँपालिका–२ ठोस्नेखोलाका केही परिवार अझै पनि विद्युत् सेवाविहीन अवस्थामा जीवन बिताउन बाध्य छन्।

    स्थानीय तथ्यांकअनुसार कोन्ज्योसोम गाउँपालिकाका ३ र महाँकाल गाउँपालिकाका १२ गरी कुल १५ परिवार हालसम्म पनि नियमित विद्युत् सेवाको पहुँचमा पुग्न सकेका छैनन्। बाढीपछि विस्थापित बनेका उनीहरू आधारभूत सेवाको अभाव झेल्दै दैनिक जीवन सञ्चालन गरिरहेका छन्।

    स्थानीयवासीले विद्युत् सेवा नहुँदा बालबालिकाको पढाइ, घरायसी कामकाज तथा दैनिक जीवनमा गम्भीर असर परेको बताएका छन्। उनीहरूले सम्बन्धित निकायले समस्या समाधानमा आवश्यक चासो नदिएको गुनासो पनि गरेका छन्।

    पीडित परिवारले विद्युत् सेवा पुनःस्थापनासहित पुनर्वासका कामलाई प्राथमिकतामा राख्न सरकार र सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूको भनाइमा बाढीपछिको पुनर्निर्माण र आधारभूत सेवा उपलब्ध गराउने कार्य अझै प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij