२०८३, आश्विन १ गते

Sep 17 2026

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५४ रुपैयाँभन्दा माथि

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५४ रुपैयाँभन्दा माथि

रोज नेपाल
बिहिवार, श्रावण ७ २०८३
रोज नेपाल
बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर निर्धारण गरेको छ। आज प्रकाशित दरअनुसार अमेरिकी डलरको मूल्य १५४ रुपैयाँभन्दा माथि कायम भएको छ।

    राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा तोकिएको छ।

    यस्तै, एक युरोको खरिददर १७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५६ पैसा कायम गरिएको छ। बेलायती पाउण्ड स्टर्लिङको खरिददर २०६ रुपैयाँ १९ पैसा तथा बिक्रीदर २०७ रुपैयाँ निर्धारण गरिएको छ। स्विस फ्र्याङ्कको खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ५२ पैसा रहेको छ।

    त्यसैगरी, अष्ट्रेलियन डलरको खरिददर १०७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०८ रुपैयाँ २८ पैसा, क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८१ पैसा, तथा सिङ्गापुर डलरको खरिददर ११९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ।

    राष्ट्र बैंकले जापानी येन (१०) को खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा, चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ७७ पैसा र बिक्रीदर २२ रुपैयाँ ८६ पैसा, साउदी रियालको खरिददर ४१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ४१ रुपैयाँ २५ पैसा, तथा कतारी रियालको खरिददर ४२ रुपैयाँ ३० पैसा र बिक्रीदर ४२ रुपैयाँ ४७ पैसा कायम गरेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij