२०८३, आश्विन १ गते

Sep 17 2026

उपत्यकामा ट्राफिक निगरानी कडा, एकै दिन १ हजार ४५८ चालक कारबाहीमा

उपत्यकामा ट्राफिक निगरानी कडा, एकै दिन १ हजार ४५८ चालक कारबाहीमा

रोज नेपाल
बिहिवार, श्रावण ७ २०८३
रोज नेपाल
बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकविरुद्ध प्रहरीले निगरानी थप कडा बनाएको छ। पछिल्लो २४ घण्टामा गरिएको विशेष जाँचका क्रममा विभिन्न कसुरमा १ हजार ४५८ चालकलाई कारबाही गरिएको हो।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरीले बिहीबार बिहानसम्म सञ्चालन गरेको चेकिङ अभियानमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ५२ जना चालक कारबाहीमा परेका छन्। यस्तै, यान्त्रिक अवस्था मापदण्डअनुसार नभएका ३५ र रातो बत्तीको उल्लंघन गर्ने ५६ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

    त्यसैगरी, तीव्र गतिमा सवारी चलाउने १४८, लेन मिच्ने ९१, हर्न निषेध क्षेत्रको नियम उल्लंघन गर्ने ४४, एकतर्फी सडकमा सवारी चलाउने ४० तथा सवारीको अवस्था ठीक नभएका ५० जना चालकलाई पनि कारबाही गरिएको छ।

    प्रहरीका अनुसार अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ९४२ जना चालकसमेत कारबाहीको दायरामा परेका छन्। ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र सडक दुर्घटना न्यूनीकरणका लागि नियमित रूपमा सवारी जाँच अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij