२०८३, आश्विन १ गते

Sep 17 2026

कालिमाटीमा प्रहरीको गोली लागेका दुई जनाको मृत्यु

कालिमाटीमा प्रहरीको गोली लागेका दुई जनाको मृत्यु

बुधवार, भाद्र २५ २०८२
बुधवार, भाद्र २५ २०८२
  • काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा काठमाडौँको कालीमाटीमा प्रहरीको गोली लागेर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीय अर्जुन भट्ट र २३ वर्षीय देव कुमार सुवेदी छन् ।

    मंगलबार कालिमाटीमा प्रहरीसँग झडप हुँदा उनीहरूलाई गोली लागेको थियो । उपचारको क्रममा उनीहरूको मृत्यु भएको बल्खु स्थित बयोधा अस्पतालका चिकित्सक डा. कुन्दन कर्णले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।

    अर्जुन भट्टको शव पोस्टमार्टमको लागी पाटन अस्पताल पठाइएको छ । उदयपुर घर भएका सुवेदीको शव उनका आफन्तहरूले त्रिवि शिक्षण अस्पतालमा लागेका छन् ।

    अहिलेसम्म प्रदर्शनमा गोली लागेर मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । यसअघि काठमाडौँमा १७ र इटहरीमा दुई जनाको मृत्यु भएको थियो । प्रहरीतर्फ ६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij