२०८३, आश्विन १ गते

Sep 17 2026

बेथानचोक जाने बसको समय परिवर्तन, अब बिहान ७:४५ बजे पनौतीबाट छुट्ने

बेथानचोक जाने बसको समय परिवर्तन, अब बिहान ७:४५ बजे पनौतीबाट छुट्ने

रोज नेपाल
शनिवार, श्रावण ९ २०८३
रोज नेपाल
शनिवार, श्रावण ९ २०८३
  • बेथानचोक। बेथानचोक गाउँपालिकाको अनुरोधपछि पनौती–बेथानचोक रुटमा सञ्चालन हुने बस सेवाको समय कार्यालय समयअनुकूल बनाइएको छ। नयाँ व्यवस्था लागू भएसँगै अब बिहानको पहिलो बस पनौतीबाट ७:४५ बजे छुट्नेछ भने साँझ बेथानचोकबाट ५:१५ बजे पनौतीका लागि प्रस्थान गर्नेछ।

    गाउँपालिकाले पालिकामा कार्यरत कर्मचारी, शिक्षक तथा सेवा लिन आउने नागरिकलाई कार्यालय समयमा सहज रूपमा पुग्न र फर्किन सार्वजनिक यातायातको समय मिलाउन आग्रह गरेको थियो। कार्यालय समयसँग बस सेवा नमिल्दा सेवाग्राही र कर्मचारीले पटक–पटक समस्या भोग्नुपरेको गुनासो आएपछि गाउँपालिकाले सम्बन्धित यातायात कम्पनीसँग समन्वय गरेको जनाएको छ।

    गाउँपालिका अध्यक्ष भगवान अधिकारीको अनुरोधलाई स्वीकार गर्दै पुण्यवती यातायात प्रा.लि. ले कार्यालय सञ्चालन हुने दिनदेखि नयाँ समयतालिका लागू गर्ने निर्णय गरेको हो। कम्पनीका अध्यक्ष राजेशसुन्दर सैजुका अनुसार यसअघि बिहान ८ बजे छुट्ने बस अब १५ मिनेट अगाडि अर्थात् ७:४५ बजे पनौतीबाट प्रस्थान गर्नेछ।

    त्यसैगरी, कार्यालय समय सकिएपछि सेवाग्राही र कर्मचारीलाई सहज हुने गरी साँझ ५:१५ बजे बेथानचोक बसपार्कबाट पनौतीतर्फ बस सञ्चालन गरिने व्यवस्था गरिएको छ।

    गाउँपालिका अध्यक्ष अधिकारीले नयाँ समयतालिकाले दैनिक रूपमा आवतजावत गर्ने कर्मचारी, शिक्षक तथा स्थानीय बासिन्दालाई उल्लेखनीय सहजता मिल्ने विश्वास व्यक्त गरेका छन्। सार्वजनिक यातायातलाई अझ प्रभावकारी र नागरिकमैत्री बनाउन गाउँपालिकाले आगामी दिनमा पनि आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिने उनले बताए।

    नयाँ समय लागू भएसँगै बेथानचोक गाउँपालिकामा सेवा लिन आउने नागरिक तथा दैनिक आवतजावत गर्ने यात्रुले थप सुविधा पाउने अपेक्षा गरिएको छ।bethanchok-kavre.jpeg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij