२०८३, आश्विन १ गते

Sep 17 2026

मनसुन सक्रिय: तीन प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्ने

मनसुन सक्रिय: तीन प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्ने

रोज नेपाल
आइतवार, श्रावण १० २०८३
रोज नेपाल
आइतवार, श्रावण १० २०८३
  • काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आइतबार पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल औसत स्थानको आसपास रहेकाले देशभर यसको प्रभाव कायम छ। अहिले कोशी प्रदेशको तराईमा अधिकांश स्थानमा मौसम सफा रहे पनि अन्य धेरै क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ।

    हाल कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। दिउँसो पहाडी र हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली तथा तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

    महाशाखाका अनुसार पहाडी र हिमाली भेगका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्छ। बागमती र गण्डकीका तराई क्षेत्रसँगै कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रमा पनि चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

    रातिको समयमा पनि देशभर बदली रहने र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

    भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, बाढी, पहिरो, गेग्रान बग्ने तथा भूक्षयको जोखिम रहने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, पर्वतारोहण र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा हेर्न पनि अनुरोध गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij