२०८३, आश्विन १ गते

Sep 17 2026

आज देशभर बदली, पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

आज देशभर बदली, पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

रोज नेपाल
सोमवार, श्रावण ११ २०८३
रोज नेपाल
सोमवार, श्रावण ११ २०८३
  • काठमाडौं। देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज दिनभर अधिकांश क्षेत्रमा बदली रहने मौसमविद्ले बताएका छन्। मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा औसतभन्दा केही माथि र पूर्वी क्षेत्रमा सामान्य अवस्थामै रहेकाले वर्षाको गतिविधि जारी रहने अनुमान गरिएको छ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली छ भने तराईका केही भागमा आंशिक बदली देखिएको छ। सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

    दिउँसो हिमाली तथा पहाडी क्षेत्रका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशका सीमित क्षेत्रमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भने एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।

    राति पनि देशका अधिकांश भू–भागमा बदली कायम रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। तराईका विभिन्न क्षेत्रमा पनि स्थानीय रूपमा वर्षा हुन सक्ने पूर्वानुमान छ।

    विशेषगरी बागमती, गण्डकी, कोशी, कर्णाली र लुम्बिनीका केही पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना भएकाले नदी तथा खोलामा आकस्मिक बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन तथा विभागका पछिल्ला मौसम सूचना नियमित रूपमा पछ्याउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij