२०८३, आश्विन १ गते

Sep 17 2026

आजदेखि  नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग  उद्घाटन हुँदै

आजदेखि  नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग  उद्घाटन हुँदै

रोज नेपाल
सोमवार, श्रावण ११ २०८३
रोज नेपाल
सोमवार, श्रावण ११ २०८३
  • काठमाडौं। नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला आजदेखि औपचारिक रूपमा सञ्चालनको चरणमा प्रवेश गर्दैछ। बहुप्रतीक्षित यस आयोजनाको उद्घाटन आज बिहान पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विशेष समारोहबीच गर्ने कार्यक्रम तय गरिएको छ।

    उद्घाटन समारोहमा नेपालका उच्च सरकारी अधिकारीसँगै जापानका राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तिहरूको सहभागिता रहनेछ।

    नेपाल सरकार र जाइका बीचको सहकार्यमा निर्माण गरिएको सुरुङमार्गमा करिब १९ अर्ब रुपैयाँ लगानी भएको छ। करिब २.६८ किलोमिटर लम्बाइको यो सुरुङमार्गले काठमाडौं उपत्यकाको यातायातलाई थप सहज र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।

    उद्घाटनपछि केही दिन सुरुङमार्ग परीक्षणका रूपमा सञ्चालन गरिनेछ। यस अवधिमा सुरक्षा, ट्राफिक व्यवस्थापन तथा सञ्चालन प्रणालीको मूल्याङ्कन गरिने भएकाले सबै सवारीसाधनलाई एकैपटक प्रवेश दिइने छैन। परीक्षण अवधिभर सुरुङ प्रयोग गर्ने सवारीबाट कुनै शुल्क नलिने व्यवस्था गरिएको छ।

    पूर्ण रूपमा नियमित सञ्चालनमा आएपछि कार र भ्यानका लागि काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ तथा बाहिरिँदा ६० रुपैयाँ शुल्क लाग्नेछ। मिनीबस, ट्रक र टिपरले काठमाडौं आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ भने ठूला बस र ट्रकका लागि काठमाडौं प्रवेश शुल्क २६० रुपैयाँ तथा बाहिरिने शुल्क २०० रुपैयाँ निर्धारण गरिएको छ।

    सुरुङमार्गमा पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे सवारीसाधन तथा पेट्रोल, डिजेल, ग्यास वा अन्य प्रज्ज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका सवारीलाई प्रवेश अनुमति नदिइने सडक विभागले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij