२०८३, आश्विन १ गते

Sep 17 2026

सवारी साधनको लाइन पेट्रोल पम्पमा

सवारी साधनको लाइन पेट्रोल पम्पमा

शुक्रवार, भाद्र २७ २०८२
शुक्रवार, भाद्र २७ २०८२
  • काठमाडौं । जेनजीले गरेको प्रदर्शन क्रममा काठमाडौं लगायत देशभरिका अधिकांश सरकारी भवनहरूमा तोडफोड भए।

    काठमाडौंमा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायत प्रमुख सरकारी कार्यालहरूमा आगजनी भए। 

    नगरपालिका भवनदेखि वडा कार्यालयसम्म, प्रहरीको वृत्तदेखि प्रभागसम्म  जोगिएन। बुधबार आगजनी र तोडफोड भएपछि सेना परिचालन गरिएको छ।सेनाले दिउँसो निषेधाज्ञा र राति कर्फ्यू लगाएको छ।

    निषेधाज्ञाको समयमा अत्यावश्यक अवस्थामा मानिसहरूलाई हिँडडुल गर्न दिइएको छ। समूहमा हिँड्ने र भीड गर्न भने सेनाले रोकेको छ। त्यसको सुनिश्चित गर्न चोकचोकमा सेना खटाइएको छ। 

    बिहान र साँझको समयमा खाद्यान्न तथा अरू उपभोग्य सामग्री खरिद बिक्रीका लागि दुई घन्टा समय छुट्याएको छ। 

    अत्यावश्यक कामका लागि आवतजावत गर्ने क्रममा बालाजु, सामाखुसी, नयाँबजार, सोह्रखुट्टे, बनस्थली, लोकन्थली र जडीबुटीसम्मका पेट्रोल पम्पहरू केही खुला र केही बन्द छन्। शुक्रबार बिहान कर्फ्यू खुलेपछि काठमाडौंका अधिकांश पेट्रोल पम्पमा सवारी साधनको लाइन देखिएको छ।

    खुला रहेका पेट्रोल पम्पहरूमा इन्धन भर्न सवारी साधनहरूको लामो लाइन लागेको छ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij