२०८३, आश्विन १ गते

Sep 17 2026

जनकपुरको धार्मिक विवाद समाधानतर्फ पहल : तीन तहका सरकारबीच समन्वय, संवादलाई प्राथमिकता

जनकपुरको धार्मिक विवाद समाधानतर्फ पहल : तीन तहका सरकारबीच समन्वय, संवादलाई प्राथमिकता

रोज नेपाल
आइतवार, श्रावण १७ २०८३
रोज नेपाल
आइतवार, श्रावण १७ २०८३
  • जनकपुरधाम ।  पछिल्ला दिनहरूमा जनकपुरधाममा देखिएको धार्मिक तथा सामुदायिक तनावलाई संवादमार्फत समाधान गर्ने प्रयासस्वरूप संघ, प्रदेश र स्थानीय तहका प्रतिनिधिबीच शनिबार महत्वपूर्ण बैठक सम्पन्न भएको छ।

    गृहमन्त्री सुधन गुरुङको पहलमा जिल्ला प्रशासन कार्यालय, जनकपुरधाममा आयोजित छलफलमा मधेश प्रदेश सरकारका उच्च पदाधिकारी, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख तथा संघीय सरकारका प्रतिनिधिहरू सहभागी भएका थिए।

    बैठकमा हाल विकसित परिस्थितिको समीक्षा गर्दै सामाजिक तथा धार्मिक सद्भाव कसरी कायम राख्ने भन्ने विषयमा विस्तृत छलफल भएको जनाइएको छ। सहभागीहरूले कुनै पनि विवादलाई वार्ता, आपसी समझदारी र कानुनी प्रक्रियामार्फत समाधान गर्नुपर्नेमा जोड दिएका थिए।

    छलफलका क्रममा हिन्दु सम्राट पक्षका प्रतिनिधिहरूले आफ्ना माग सरकारसमक्ष औपचारिक रूपमा पेस गरेका छन्। सरकारका तर्फबाट ती मागहरूलाई सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक अध्ययन तथा छलफलपछि उपयुक्त निर्णय प्रक्रियामा अघि बढाइने प्रतिबद्धता व्यक्त गरिएको छ।

    बैठकले जनकपुरधाममा शान्ति, सुरक्षा र सामाजिक एकता कायम राख्न सबै पक्षको सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ। साथै, संवेदनशील विषयमा संयमता अपनाउन र कुनै पनि असहमति संवादकै माध्यमबाट समाधान गर्न सरकारको आग्रह रहेको छ।

    सरकारले सबै समुदायलाई आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्दै शान्तिपूर्ण वातावरण निर्माणमा सहयोग गर्न अपिल गरेको छ। गृहमन्त्री गुरुङको नेतृत्वमा भएको यो पहललाई पछिल्लो विवादलाई सहमतिका आधारमा समाधान गर्ने सकारात्मक प्रयासका रूपमा हेरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij