२०८३, आश्विन १ गते

Sep 17 2026

सुनचाँदीको बढ्यो मूल्य

सुनचाँदीको बढ्यो मूल्य

शुक्रवार, भाद्र २७ २०८२
शुक्रवार, भाद्र २७ २०८२
  • काठमाडौं । नेपाली बजारमा सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ । आज शुक्रबार पनि सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ ।

    आज शुक्रबार सुनको भाउ तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन तोलामा २ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँ बढेको छ । बिहीबार तोलामा २ हजार ५०५ रुपैयाँ रहेको चाँदी शुक्रबार तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij