२०८३, आश्विन १ गते

Sep 17 2026

साउन २९ मा स्वदेश फर्किने तयारीमा शेरबहादुर देउवा, आरजु तत्काल नआउने

साउन २९ मा स्वदेश फर्किने तयारीमा शेरबहादुर देउवा, आरजु तत्काल नआउने

रोज नेपाल
सोमवार, श्रावण १८ २०८३
रोज नेपाल
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २९ गते नेपाल फर्किने भएका छन्। उनी हाल हङकङमा रहेका छन् र सोही मितिका लागि स्वदेश फर्किने हवाई यात्रा तय गरिसकेको उनीनिकट स्रोतले जनाएको छ।

    स्रोतका अनुसार देउवा यसपटक एक्लै नेपाल आउने तयारीमा छन्। उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा भने तत्काल उनीसँगै स्वदेश नफर्किने बताइएको छ।

    देउवा दम्पती केही समयअघि उपचारका लागि सिंगापुर पुगेका थिए। उपचारपश्चात उनीहरू हङकङ गएका थिए, जहाँबाट अब देउवा नेपाल फर्किन लागेका हुन्।

    आरजु राणा नेपाल कहिले फर्किने भन्नेबारे भने हालसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij