२०८३, आश्विन १ गते

Sep 17 2026

अग्रज गायक अशोक राईको निधन, नेपाली संगीतले गुमायो एक अनुभवी स्रष्टा

अग्रज गायक अशोक राईको निधन, नेपाली संगीतले गुमायो एक अनुभवी स्रष्टा

रोज नेपाल
शनिवार, श्रावण २३ २०८३
रोज नेपाल
शनिवार, श्रावण २३ २०८३
  • काठमाडौं । नेपाली संगीत क्षेत्रका पुराना पुस्ताका चर्चित गायक तथा संगीतकर्मी अशोक राईको निधन भएको छ। ८९ वर्षको उमेरमा शुक्रबार भारतको सिलगढीमा उहाँको निधन भएको हो।

    लामो समयदेखि सिलगढीमा बस्दै आउनुभएका राईको दार्जिलिङमा उहाँको जातीय संस्कार र परम्पराअनुसार अन्तिम संस्कार गरिएको जनाइएको छ। उहाँको परिवारमा श्रीमतीसहित तीन छोरा र तीन छोरी छन्।

    राईले सन् १९६० को दशकदेखि नेपाली संगीतमा आफ्नो सक्रिय यात्रा सुरु गर्नुभएको थियो। ‘बैसाखी बनमा फूलको श्रृङ्गार, पातको क्रन्दन छ’ बोलको गीतमार्फत सांगीतिक क्षेत्रमा प्रवेश गर्नुभएका उहाँले त्यसपछि नेपाली गीत–संगीतमा लामो समय योगदान दिनुभयो।

    उहाँका ‘फूलको प्रीति’, ‘गीताङ्गे दाइ’, ‘हाम्रो जोवन’, ‘जा सन्देश’, ‘हामीलाई घाम’ र ‘अल्झिरहेको छ’ लगायतका गीत तथा रचनाहरू नेपाली संगीतप्रेमीमाझ परिचित छन्।

    भारतमा रहेर पनि नेपाली भाषा, गीत र संगीतको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएका राईलाई नेपालमा आयोजना हुने सांगीतिक कार्यक्रम ‘पलेटी’ मा समेत प्रस्तुति दिन निमन्त्रणा गरिएको थियो।

    उहाँको निधनसँगै नेपाली संगीतको पुरानो पुस्ताका एक अनुभवी स्रष्टालाई गुमाएको भन्दै संगीत क्षेत्रका शुभेच्छुक तथा प्रशंसकहरूले दुःख व्यक्त गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij