२०८३, आश्विन १ गते

Sep 17 2026

देउवाको स्वदेश फर्किने समय फेरियो, साउन २८ गते काठमाडौं आउने

देउवाको स्वदेश फर्किने समय फेरियो, साउन २८ गते काठमाडौं आउने

रोज नेपाल
शनिवार, श्रावण २३ २०८३
रोज नेपाल
शनिवार, श्रावण २३ २०८३
  • काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने कार्यक्रम एक दिनपछि सरेको छ।

    नेता डा. प्रकाशशरण महतका अनुसार देउवा अब साउन २८ गते दिउँसो १२ः३० बजे काठमाडौं आइपुग्ने भएका छन्। यसअघि उहाँ साउन २६ गते राति ९ः४५ बजे काठमाडौं फर्किने कार्यक्रम रहेको जानकारी दिइएको थियो।

    रातिको समयमा विमानस्थलमा स्वागत तथा अन्य व्यवस्थापन गर्न कठिनाइ हुने भएकाले आगमनको समय परिवर्तन गरिएको बताइएको छ।

    जेनजी आन्दोलनका क्रममा घाइते भएपछि देउवा फागुन १३ गते राति सिंगापुर एयरलाइन्सको उडानमार्फत उपचारका लागि सिंगापुर गएका थिए। उपचारकै क्रममा थप स्वास्थ्योपचार आवश्यक परेपछि उनी चैत ७ गते सिंगापुरबाट हङकङ पुगेका थिए।

    यसैबीच, नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गतेदेखि काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ। उक्त भेलालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij