२०८३, आश्विन १ गते

Sep 17 2026

स्रोत नखुलेको नगद र गरगहनासहित एकजना पक्राउ

स्रोत नखुलेको नगद र गरगहनासहित एकजना पक्राउ

शनिवार, भाद्र २८ २०८२
शनिवार, भाद्र २८ २०८२
  • काठमाडौं । बिपी राजमार्ग अन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका–२ भकुण्डेबेँसीमा नेपाली सेना र नेपाल प्रहरीको संयुक्त सुरक्षा टोलीले गाडी जाँच गर्ने क्रममा स्रोत नखुलेको नगद रकम र सुनको गरगहनासहित एक जनालाई नियन्त्रणमा लिएको छ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार शुक्रबार काठमाडौँबाट सिरहातर्फ जाँदै गरेको बाप्र ०१–००६ ख ९१७३ नं को विद्युतीय गाडीमा नगद तीन लाख ५० हजार ३०० रुपैयाँ र १२ लाख २६ हजार रुपैयाँ बराबरको गरगहनासहित एक जनालाई नियन्त्रणमा लिएको हो ।

    प्रहरीका अनुसार गाडीमा सवार सिरहा जिल्ला भगवानपुर गाउँपालिका–२ बस्ने १८ वर्षीय नरेशकुमार यादवलाई नगद र गरगहनासहित नियन्त्रणमा लिएको छ।

     ‘खानतलासी गर्दा निजले बोकेको झोलाबाट स्रोत नखुलेको नगद र गरगहना बरामद गरेका हौं,’ प्रनाउ घलेले भने।

    यादवको साथबाट बरामद गरेको गरगहनामा हालको बजार मूल्यअनुसार एक लाख ६१ हजार ८८८ रुपैयाँ १२ पैसा पर्ने ७५ लालको छड्के तिलहरी थान–१, दुई लाख ५९ हजार २१ रुपैयाँ पर्ने १२ दशमलव ६ लालको मंगलसुत्र थान–१, तीन लाख तीन हजार ९६९ रुपैयाँ ६४ पैसा पर्ने ६३ दशमलव तीन लालको बेरुवा औँठी थान–१ र पाँच लाख एक हजार २०५ रुपैयाँ ६३ पैसा पर्ने सिक्री थान ३ रहेको प्रहरीले जनाएको छ ।

    यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij