२०८३, आश्विन १ गते

Sep 17 2026

३९ जिल्लामा आकस्मिक बाढीको जोखिम

३९ जिल्लामा आकस्मिक बाढीको जोखिम

रोज नेपाल
सोमवार, श्रावण २५ २०८३
रोज नेपाल
सोमवार, श्रावण २५ २०८३
  • काठमाडौँ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार देशका प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तलै छ।

    महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको तथ्यांकअनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली नदीमा बाढीको खतरा छैन।

    प्रमुख नदीहरू शान्त रहे पनि झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, ताप्लेजुङ र सङ्खुवासभाका साना नदीहरूमा भने आज बाढीको जोखिम देखिन्छ। सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ र म्याग्दी भई बहने खोलाहरूमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ।

    यसैगरी गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बर्दिया, कैलाली, बझाङ, दार्चुला र बैतडीका साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम छ। महाशाखाका अनुसार यी ३९ जिल्ला र आसपासका क्षेत्रमा बहने साना नदीहरूमा जलस्तर एक्कासि बढ्न सक्छ।766599198_122229441968355476_2605146525146596439_n

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij