काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न इतर पक्षका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । जेनजि आन्दोलमा कुटाई खाएर बैंकक हुँदै हङकङ पुगेका देउवा दम्पति करिब साढे ५ महिनापछि देउवा मात्र काठमाडौं उत्रिँदै छन् ।
यता त्रिभुवन विमानस्थलबाहिरको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।
देउवाको स्वागतलाई राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा स्वागत गर्ने तयारी गरेका छन् । अहिलेसम्म पूर्णबहादुर खड्का, प्रकाशशरण महत, एनपी साउद, विमलेन्द्र निधी, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, मीन विश्वकर्मा, मोहनबहादुर बस्नेत, उमाकान्त चौधरीलगायत शीर्ष नेता विमानस्थलमा पुगिसकेका छन् ।
देउवाको स्वागतमा ५ हजार नेता कार्यकर्ता उपस्थित हुने इतर पक्षको दाबी छ ।
देउवालाई विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटको अगाडि खाली ठाउँ, नमस्ते गेटको अगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँमा भेला भएर बाजागाजा र झाँकीसहित स्वागत गर्ने तयारी छ ।