२०८३, आश्विन १ गते

Sep 17 2026

आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा अति भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा अति भारी वर्षाको चेतावनी

रोज नेपाल
शुक्रवार, श्रावण २९ २०८३
रोज नेपाल
शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौं । देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेकाले शुक्रबार अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।

    महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वी क्षेत्रमा सामान्य अवस्थाको आसपास र पश्चिमतर्फ सामान्य स्थानभन्दा केही उत्तरमा रहेर नेपाल नजिक रहेको छ। हाल मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

    दिउँसोको मौसम

    दिउँसो देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा धेरै ठाउँमा तथा कोशी र बागमतीका हिमाली–पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।

    लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा धेरै स्थानमा तथा मधेशसहित कोशी, बागमती र गण्डकीका तराई भू–भागका केही ठाउँमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना छ।

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाल, पहाड तथा तराईका थोरै स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाको अनुमान छ। बागमतीको पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

    राति पनि वर्षाको सम्भावना

    रातिको समयमा पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। तराईका थोरै स्थानमा पनि मध्यम वर्षा हुनसक्नेछ।

    बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका एक–दुई स्थानमा राति भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

    बाढी–पहिरोको जोखिम, सतर्क रहन आग्रह

    गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा, साथै कोशी र बागमतीका हिमाली–पहाडी भू–भागमा भारी वर्षाको सम्भावना छ। यसैगरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई तथा कर्णालीका पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान छ।

    गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने भएकाले गेग्रानसहितको बाढी, नदी तथा खोलामा पानीको बहाव बढ्ने, पहिरो र भू–क्षयको जोखिम रहन सक्ने विभागले जनाएको छ।

    सम्भावित विपद्का कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा हेर्न महाशाखाले आग्रह गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij