२०८३, आश्विन १ गते

Sep 17 2026

कांग्रेसको इतर समूहको भेलामा देउवाको सहभागिता

कांग्रेसको इतर समूहको भेलामा देउवाको सहभागिता

रोज नेपाल
शुक्रवार, श्रावण २९ २०८३
रोज नेपाल
शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चर्किरहेका बेला निवर्तमान सभापति शेरबहादुर देउवा पार्टीको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी भएका छन्।

    विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि त्यसलाई चुनौती दिने उद्देश्यसहित देउवा र डा. शेखर कोइराला पक्षले भेला आयोजना गरेको बताइएको छ। सोही कार्यक्रममा देउवा पनि उपस्थित भएका हुन्।

    देउवा कार्यक्रमस्थल पुग्दा उपस्थित समर्थकहरूले नाराबाजी र ताली बजाउँदै उनको स्वागत गरेका थिए। उनको उपस्थितिले भेलामा थप राजनीतिक चासो बढाएको थियो।

    कार्यक्रममा १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनपछि कायम रहेको हैसियतअनुसार नभई अघिल्लो महाधिवेशनकै जिम्मेवारीअनुसार सम्बोधन गरिएको थियो।

    प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माले कार्यक्रम सञ्चालन गर्दै १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई सोही हैसियतअनुसार शपथ तथा सम्मान प्रदान गरेका थिए।

    विशेष महाधिवेशनबाट बनेको नेतृत्वलाई स्वीकार गर्ने वा नगर्ने विषयमा कांग्रेसभित्र मतभेद देखिएका बेला आयोजना गरिएको भेलालाई पार्टीभित्रको शक्ति संघर्षका रूपमा समेत हेरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij